कैलालीमा ‘इन्टरलक’ इँटाको प्रयोग बढ्दै

धनगढी : पछिल्लो समय कैलालीमा माटोको इँटाको विकल्पमा वातावरणमैत्री ‘इन्टरलक इँटा’ को प्रयोग बढ्न थालिएको छ। संरचना निर्माणमा इँटाको माग बढेसँगै ‘इन्टरलक’ इँटाको प्रयोग पनि बढ्दै गएको हो। चिम्नी इँटा सहजरुपमा र उचित मूल्यमा पाउन समस्या भइरहँदा विकल्पमा यो इँटाको प्रयोग बढ्दै गएको स्थानीयवासी कालु चौधरीले बताए। यो इँटा उत्पादन हुने ठाउँमा धुलो, धुवाँको समस्या […]

सूचनामैत्री बन्दै बझाङका स्थानीय तह

बझाङ : बझाङका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रलाई सूचनामैत्री बनाउन थालेका छन् । नागरिकलाई सूचनाको पहुँचमा ल्याउनका लागि विभिन्न एप्सहरुका माध्यमबाट सूचना दिन थालिएको हो । विभिन्न दातृ निकायको सहयोगमा सुशासन परियोजना अन्तरगत स्थानीय सरकारले सूचना प्रविधि केन्द्र स्थापना गरेको हो । यसरी सूचना प्रविधि केन्द्र सञ्चालनमा आएपछि आफूहरुलाई सूचना पाउन सहज भएको स्थानीयले बताएका छन् […]

सुरक्षित गर्भपतन गराउने बढे

अछाम । अछामको साँफेबगर नगरपालिकाकी बबिता नेपाली (नाम परिवर्तन) का दुई सन्तान छन् । उनलाई सन्तानको रहर पुगिसकेको छ । श्रीमानले अस्थायी साधन प्रयोग गर्न नमानेपछि उनले डिपो लगाउन थालिन् । तर, स्वास्थ्यमा समस्या देखिन थालेपछि डिपो लगाउन छोडिन् ।डिपो लगाउन छोडेपछि उनको दुई पटक अनिश्चित गर्भ बस्यो । पहिलो पटक अस्पतालमा गएर उनले सुरक्षित […]

दूरसञ्चार प्राधिकरणले एकैपटक गुणस्तर परीक्षण गर्दै

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न छ वटा कम्पनी छनोट गरेको छ । प्राधिकरणले भ्वाइस, डेटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्न गत कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा परेका आवेदनमध्येबाट पहिलो चरणमा मूल्याङ्कनका आधारमा […]

गाउँघरमा कट्वाल प्रथा अझै कायम

धनगढी । सूचना प्रबिधीको विकासले गर्दा बिश्व समुदाय साधुरिदै छ । तर हाम्रो मुलुकका अधिकांस गाउँहरुमा भने अझैपनि सूचना आदानप्रदानका लागि परम्पराकाल देखि प्रयोग हुँदै आएको कट्वाल प्रथा कायमै छ । सञ्चार र प्रविधिको अहिलेको युगमा पनि परम्परागत सञ्चारको माध्यम कटुवाल कराउने प्रथा कायम छ । गाउँघरमा सार्वजनिक सूचना पाउने भरपर्दो माध्यमका रुपमा यसलाई लिइन्छ […]