गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, साँझ शपथ
कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् । विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए । उनका अनुसार डोबाटेको शपथ साँझ पाँच बजेका लागि […]
आरक्षण विरुद्ध तर्कको कारखाना
गरीब शोषित पिडित समुदाय भित्रका निमुखा कमजोर उपेक्षितहरूले राज्यद्वारा व्यवस्था गरिने विशेष अवसर र प्रावधानहरू सबैभन्दा पहिला कार्यान्वयन हुँदा गरीब, शोषित, पिडित र उपेक्षित समुदाय भित्रका पनि बढी उपेक्षित, बढी पिडित, बढी शोषितहरू लाभान्वित हुनुपर्छ भन्ने विचार जति जायज छ त्यो भन्दा बढी न्यायिक अरू के नै हुन सक्ला र ? यस अर्थमा यो भनाई […]
लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान
नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो कुरो हो । मैले यसो भनिरहँदा कोही कसैप्रति […]
हाम्रो पूजाकोठाका भगवान पनि अछुत हुन र ?
पहिलो लेखमा मैले आफ्नो बाल्यकालदेखि युवा अवस्थासम्मको भोगाईलाई समेटेको थिएँ । केही सकारात्मक र केही नकारात्मक प्रतिक्रिया आए । पहिलो लेख विगत थियो र यो लेख वर्तमान हो । धेरैले भन्नुभयो ‘अहिले यस्तो छैन’ तर म भन्छु अहिले पनि केही परिवर्तन भएको छैन । मेरो समाज आज पनि उस्तै छ । छिमेकी आन्टीहरू उस्तै छन […]
हामीलाई खोइ खाना,छाना र नाना ?
सुर्खेतमा बादी समुदायले गत फागुन १० गते आन्दोलन गर्यो, माग एकदमै साधारण थियो— ‘खाना, छाना र नाना’ । यता काठमाडौंमा पनि नागरिक समाजको आन्दोलन चलिरहेको थियो । कर्णालीमा बादी आन्दोलन चर्किंरहँदा राज्यले कुनै चासो देखाएन, त्यसैले आफ्नो समुदायको आन्दोलनको प्रतिनिधित्व गर्दै म बादी समुदाय पनि यो देशमा छ भन्नका लागि सुर्खेतबाट काठमाडौं आएँ । यहाँ चलिरहेको आन्दोलनमा मिसिएर […]