सेनाको हेलिकप्टरबाट ६ महिनामा १५ सुत्केरीको उद्दार
धनगढी । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाली सेनाले १५ जना सुत्केरीको हेलिकप्टरबाट उद्दार गरेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले १५ सुत्केरी महिलाहरुलाई हेलीबाट उद्दार गरेको हो। गत साउन महिना यता सुदूरपश्चिमका ६ जिल्लाका १५ जना सुत्केरी महिलाहरुलाई हेलिकप्टरमार्फत उद्दार गरिएको हेडक्वाटरको अर्धवार्षिक कार्यप्रगति […]
श्रीमान्को हत्या आरोपमा आमाछोरा ५ वर्षपछि पक्राउ
सुर्खेत । भेरी नगरपालिका-६ की भद्रकला कामीले छोरासँग मिलेर आफ्नै पतिको हत्या गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ । ३० पुस २०७४ मा सिस्नेकी भद्रकलाले लाठी हानेर ४७ वर्षीया काले कामीको हत्या गरेकी थिइन् । भद्रकलासहित छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घरनजिकै शौचालयमा पुरिदिएको प्रहरीले जनाएको छ । अनुसन्धान बढाउँदा काले कामीको शव […]
दिल्लीमा हराएकी गुल्मीकी अमृता परियार अझै फेला परिनन
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट दुई साता अघि हराएकी गुल्मीकी एक महिला अझै फेला परेकी छैनन् । कोठीको काम सकेर डेरा फर्कने क्रममा साझ ७ बजे हराएकी उनी यतिका दिन बितिसक्दा पनि फेला परेकी छैनन् । गुल्मीको मुसिकोट नगरपालिका-१ पौंदीअमराईकी २७ बर्षिय अमृता परियार माघ ५ गतेदेखि दिल्लीस्थित आजतपुरबाट हराएकी हुन् । आफू काम […]
सुनको मूल्य घट्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ। अघिल्लो दिन प्रतितोला रू एक लाख ६ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख पाँच हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला […]
कैलालीमा १२ किलो चरेससहित चार जना पक्राउ
धनगढी । कैलालीमा १२ किलो लागुऔषध चरेससहित चार जना पक्राउ परेका छन् । मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–३, चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहित चार जना ११ किलो ९ सय ग्राम चरेसहित पक्राउ परेका हुन् । दार्चुलाको नौगाड गाउँपालिका–२ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङ्गको […]