सेती खोँचमा दीप प्रज्वलन गरेर मृतकको सम्झना

कास्की । माघ १ गते पोखराको सेती खोंचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ । पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन आज विमान दुर्घटनास्थल पोखरा-७ स्थित मितेरीपुलनजिक ठीक १०:५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो । दुर्घटनामा ज्यान गुमाएका ७२ जनाको सम्झनामा दीप प्रज्वलनसमेत गरियो । कार्यक्रममा गण्डकी […]

आत्मदाह गरेका प्रेम आचार्यको परिवारलाई न्याय दिलाउन प्रदर्शन

काठमाडौं । संसद भवन अगाडि दिउँसै आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। आचार्यले उठान गरेका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरुले ‘अर्को जल्दो शरिर मेरो नहोस्’, ‘गरिखाने कि मरिजाने’, ‘उद्यमशील नेपाल नारा मात्र हो […]

राष्ट्रियसभा सदस्यमा नागरिक उन्मुक्तिले दियो उम्मेदवारी

दाङ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवारी दिएको छ । बुधबार लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गरेका हुन् । रायको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी बसेका छन् । यसअघि सत्तारूढ दलबाट एमालेका कुमार दसौदी र कांग्रेसका तर्फबाट माधवप्रसाद […]

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का, केही घरसमेत भत्कियो

धनगढी । सुदूर पश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का कैलाली,कंचनपुर,डोटी,डडेलधुरा लगायतको जिल्लामा समेत मससुस भएको थियो । भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ । थप विवरण आउन बाँकी छ ।

मुक्त घोषणा गरिएका हरवाचरवा मुक्ति खोज्दै सिंहदरबारमा !

काठमाण्डौं । मुक्त घोषणाको ६ महिनापछि हरवाचरवा पुनः मुक्ति खोज्दै सिंहदरबार पुगेका छन् । सरकारले मुक्त घोषणा गरेको लामो समय बिति सक्दा पनि आफुहरुको पुर्नस्थापना हुन नसकेको बताउँदै हरवाचरवाहरु अधिकारकर्मी सहित सिंहदरबार पुगेका हुन् । नेपालको संबिधान र अन्तर्राष्टिय प्रचलित कानुनले समेत प्रतिबन्ध लगाएका बाँधा श्रमिकहरु आफनो मुक्तिको कार्यान्यवन खोज्दै सिंह दरबार पुगेको राष्ट्रिय हरवाचरवा […]