काठमाडौं । रसुवाको भोटेकोशी नदी क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेको भन्दै सम्बन्धित निकायले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल भोटेकोशी र त्रिशूली नदीको जलसतह सामान्य अवस्थामा रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गइरहेको छ। उक्त ताल फुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरिएको हो।
महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार चीन सरकारबाट प्राप्त जानकारी र भू–उपग्रहबाट प्राप्त तस्बिरको प्रारम्भिक अध्ययनले भदौ १० गते बाढी आएको क्षेत्रमा नदी थुनिएर बनेको ताल विस्तार हुँदै गएको देखाएको छ।
उनका अनुसार ताल फुटेमा ठूलो मात्रामा पानीसँगै ढुङ्गा, माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने सम्भावना छ।
हाल दुवै नदीको बहाव सतर्कता तहभन्दा तल रहेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। जोखिमको अवस्था बढेमा आवश्यक पूर्वसूचना जारी गरिने महाशाखाले जनाएको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रका स्थानीयवासी, यात्रु तथा उद्धार कार्यमा खटिएका व्यक्तिलाई नदी किनार र अन्य सम्भावित जोखिमयुक्त स्थानमा नजान तथा सुरक्षित स्थानमा रहन अनुरोध गरेकाे छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो