प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि देखिएन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र साहको भारत भ्रमणबाट दीर्घकालीन महत्त्वका उपलब्धि हासिल नभएको टिप्पणी गरेका छन् ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको भ्रमणबारे तत्काल निष्कर्ष सुनाउने पक्षमा आफूहरू नरहेको बताए । तर, भ्रमणमा दीर्घकालीन प्रभाव पार्ने महत्त्वपूर्ण काम भएको संकेत नदेखिएको उनको भनाइ थियो ।

‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौँ । तर, दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन,’ थापाले भने ।

उनले भ्रमणका उपलब्धिबारे प्रधानमन्त्री साहले नै स्पष्ट पार्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री साह भारतको दुईदिने राजकीय भ्रमण पूरा गरी सोमबार साँझ स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ