काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीको बहावसँगै चितवनमा भेटिएका सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ।
भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म ती शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनमा हालसम्म २७२ शव फेला परेका छन्। तीमध्ये १२ शवको पहिचान खुलेको छ भने बाँकीमध्ये १९९ शवको व्यवस्थापन गरिएको हो।
पहिचान नखुलेका शव व्यवस्थापन गर्नुअघि डिएनए परीक्षणका लागि नमूना सुरक्षित राखिएको प्रहरीले जनाएको छ। सम्भावित रूपमा बेपत्ता व्यक्तिका आफन्तसँग गरिएको डिएनए परीक्षण मेल खाएमा पछि शव राखिएको स्थानबाट हस्तान्तरण गर्न सकिने गरी आवश्यक पहिचान तथा सङ्केत चिह्नसमेत राखिएको छ।
सनाखत भएका शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणपछि सम्बन्धित परिवारलाई जिम्मा लगाइएको प्रहरीको भनाइ छ।
चितवनमा भेटिएका शवमध्ये ११० पुरुष र ६२ महिला छन्। यस्तै, सात बालक, छ बालिका तथा ८७ वटा मानव अवशेष फेला परेको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
नदीमा बगेर आएका शव अझै पनि त्रिशूली तथा नारायणीका विभिन्न क्षेत्रमा भेटिने क्रम नरोकिएकाले खोजी तथा व्यवस्थापन कार्यलाई निरन्तरता दिइएको छ। यसका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो