धनगढी–पछिल्लो समय कैलालीमा माटोको इँटाको विकल्पमा वातावरणमैत्री ‘इन्टरलक इँटा’ को प्रयोग बढ्न थालिएको छ।
संरचना निर्माणमा इँटाको माग बढेसँगै ‘इन्टरलक’ इँटाको प्रयोग पनि बढ्दै गएको हो। चिम्नी इँटा सहजरुपमा र उचित मूल्यमा पाउन समस्या भइरहँदा विकल्पमा यो इँटाको प्रयोग बढ्दै गएको स्थानीयवासी कालु चौधरीले बताए।
यो इँटा उत्पादन हुने ठाउँमा धुलो, धुवाँको समस्या नहुने भएका कारण वातावरणमा पनि कुनै त्यस्तो असर नपर्ने उद्योग सञ्चालकको भनाइ छ। इन्टरलक इँटाबाट संरचना निर्माण गर्दा चिम्नी इँटाको तुलनामा कम लागत पर्ने मदन इको इन्टरलक उद्योग धनगढीका सञ्चालक खेमराज जोशीले बताए।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा