काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यकर्ताले पूर्वराजा वीरेन्द्र शाहको सालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार प्रदेश सचिव राजेन्द्र अधिकारीले विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोर भर्त्सना एव खेद प्रकट गरेको हो । कसैको आस्थामा असर पर्ने यस्तो खाले अराजकतापूर्ण व्यवहार सह्य नहुने भन्दै चेतावनी समेत दिइएको छ ।
उक्त गतिविधिको सम्बन्धमा तत्काल रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न राप्रपाले आग्रह समेत गरेको छ । यस्ता घटना फेरी नदोहोरिने प्रतिबद्धता गर्न समेत राप्रपाले भनेको छ, “निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण बनाउनु सबै जिम्मेवार पार्टीको दायित्व हुन्छ । तसर्थ स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन र अन्य दललाई असर गर्ने कुनै कार्य नगर्न सबै दल तथा व्यक्तिहरूलाई समेत आग्रह गर्दछौँ,” प्रदेश सचिव अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
बिहीबार रास्वपा सभापति रवि लामिछाने दाङ आउनेक्रममा तुलसीपुर नगरपालिकाको वीरेन्द्र चोकमा रास्वपाका कार्यकर्ताहरूले पूर्वराजा वीरेन्द्रको सालिकमाथि उभिएर अभद्र व्यवहार गरेको बताएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
म्याग्दीमा बाढीपहिरोबाट ५५० घरपरिवार प्रभावित