काठमाडौँ । देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचन विरोधी गतिविधि गर्ने, ‘मिस इनफरमेसन’ र ‘डिस इन्फरमेसन’ प्रवाह गर्ने तथा गाडी जलाउनेलगायत निर्वाचन विरोधी गतिविधि गर्ने १७६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार सुरक्षा चुस्त र प्रभावकारी बनाइएकाले काठमाडौँमा राति दुई वटा गाडी जलाएको पाइए पनि निर्वाचनसँग सम्बन्धित अन्य गम्भीर प्रकृतिका कुनै पनि घटना भएका छैनन् ।
प्रवक्ता काफ्लेले सबै मतदानस्थलमा प्रहरी पुगिसकेको जानकारी दिँदै सुरक्षा मजबुत पारिएको बताए। उनले भने, “जिल्लाका मतदान केन्द्रहरूमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर सुरक्षालाई चुस्त बनाउने काम भएको छ ।
मोबाइल र रिजर्भ टोलीले अन्य सुरक्षा संयन्त्रसँग समन्वय गरी निर्वाचन सुरक्षा सुदृढ बनाउन उच्च मनोबलका खटिने काम भएको छ । प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग गर्ने तथा मौन अवधि उल्लङ्घन गर्नेहरू पहिचान गरी विशेष निगरानी गर्ने र नियन्त्रण गर्ने काम भइरहेको छ ।”
मंगलबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रीय निर्वाचन सेलको अनुगमन गरी मौन अवधिमा सीमा सुरक्षामा विशेष निगरानी र सुरक्षा चुस्त बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको पनि उनले जानकारी दिए ।
मंगलबार देशका विभिन्न क्षेत्रमा तर्साउनका लागि राखिएका पाँच वटा नक्कली वस्तु फेला परेका र सेनाले निष्क्रिय गरेको प्रहरीले जनाएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
म्याग्दीमा बाढीपहिरोबाट ५५० घरपरिवार प्रभावित