काठमाडौं । निर्वाचनको मिति घोषणा भएदेखि नै मौसमलाई सम्भावित चुनौतीका रूपमा हेरिएको थियो । तर, मौसमविद्हरूले मतदानको दिन देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेका छन् ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार बुधबार र बिहीबार वर्षाको कुनै सम्भावना छैन । नयाँ मौसमी प्रणाली सक्रिय हुने संकेत पनि देखिएको छैन ।
उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु देखिन सक्नेछ ।
केही क्षेत्रमा देखिएको धुम्म अवस्था तुवाँलोका कारण भएको र यसले निर्वाचन प्रक्रियामा उल्लेख्य असर नपार्ने मौसमविद्हरूको भनाइ छ ।
यसैबीच, गृह मन्त्रालयले पनि मौसमका कारण निर्वाचनमा ठूलो चुनौती नदेखिएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका प्रवक्ता काफ्लेका अनुसार आसन्न निर्वाचनमा मौसमलाई लिएर उठेका गुनासाहरूको विस्तृत अध्ययन गरिएको थियो । उनले विगत ३० वर्षअघिसम्मको सोही अवधिको मौसम विवरणसमेत विश्लेषण गरिएको जानकारी दिए ।
‘२१ फागुनका दिन मौसमले खासै ठूलो प्रभाव नपार्ने प्रतिवेदन प्राप्त भएको छ,’ प्रवक्ता काफ्लेले भने, ‘अब निर्वाचनमा मौसमजन्य चुनौती देखिँदैन ।’








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
म्याग्दीमा बाढीपहिरोबाट ५५० घरपरिवार प्रभावित