भोजपुर । निर्वाचनको मौन अवधिमा षडानन्द नगरपालिका अन्तर्गत दिङ्ला बजारमा रहेको नेकपा एमालेको सम्पर्क कार्यालयमा पैसा बाँडेको आरोप लागेपछि केही समय स्थिति तनावग्रस्त बनेको छ।
अन्य राजनीतिक दलका कार्यकर्ताहरूले भोट किन्नका लागि पैसा बाँडिएको दाबी गर्दै नाराबाजी गरेपछि प्रहरीले उक्त कार्यालयमा खोजतलास गरेको थियो।
सार्वजनिक भएको एक भिडियोमा कार्यालय बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी र स्थानीयको भीड देखिन्छ। भिडियोमा एक व्यक्तिले पैसा दिँदै मतदातालाई बोलाइएको आरोप लगाएका छन्।
घटनापछि स्थानीय प्रशासन र प्रहरी सक्रिय भएको थियो। भोजपुरका प्रहरी प्रमुख राजु लामाले बाहिर चर्चा भएजस्तो रकम फेला नपरेको स्पष्ट पारेका छन्।
उनका अनुसार अन्य दलका प्रतिनिधिहरूले ठूलो रकम रहेको दाबी गरेपछि प्रहरी टोलीले कार्यालयमा खोजतलास गरेको थियो। तर खोजतलासका क्रममा कुनै पनि नगद बरामद नभएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई सामान्य विवादका रूपमा व्याख्या गर्दै अहिले स्थिति सामान्य भइसकेको जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन