काठमाडौं : सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मतगणना जारी छ । कञ्चनपुरका तीन वटा क्षेत्र र कैलालीका दुई वटा क्षेत्रमा मतगणना भइरहँदा रास्वपा०का उम्मेदवार अघि छन् ।
कञ्चनपुरका सबै क्षेत्रमा रास्वपा नै अगाडि छन् । कैलालीका दुईमध्ये एक एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता छ ।
कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–१ मा जनकसिंह धामीले अग्रता बनाइरहेका छन् ।
कैलाली–१ मा कांग्रेसका जनक चौधरी अघि छन् भने कैलाली क्षेत्र–५ मा रास्वपाका आनन्दबहादुर चन्दले अग्रता बनाइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका १६ मध्ये ५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेका बेला अन्य क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
म्याग्दीमा बाढीपहिरोबाट ५५० घरपरिवार प्रभावित