धनगढी : इलाका प्रहरी कार्यालय टीकापुरको निर्माणाधीन भवनको छतबाट खसेर उपचारका क्रममा प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ । याे घटनालाई लिएर छानबिनका लागि समिति गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार साेमबार राति करिब ११ बजेतिर चदारा छतबाट खसेका थिए । उनलाई तत्काल टीकापुर प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो । घटना हुँदा उनी कार्यालयभित्र ड्युटीमै रहेको बुझिएकाे छ । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।
मृतक प्रहरीका आफन्तले घटना शंकास्पद भएको बताउँदै छानविनकाे माग गरेका छन । उनीहरूले निस्पक्षे छानबिन गर्न माग गर्दै हाल शव परीक्षण गर्न नदिने बताएका छन् ।
साथै, कार्यालय परिसरको सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
म्याग्दीमा बाढीपहिरोबाट ५५० घरपरिवार प्रभावित