काठमाडौं । सामूहिक बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी १६ वर्षीया इनिसा विकको अाज दाह संस्कार गरिने भएको छ ।
न्यायको माग गर्दै शव नबुझेको परिवारले आज २८ दिनपछि शव बुझेर भेरी पुलस्थित सम्झिघाटमा दाहसंस्कार गरिने तयारी गरिएको छ।
न्याय नपाउदासम्म शब नउठाउने पिडित परिवारकाे अडानका कारण इनिसाकाे शब कर्णाली प्रादेशिक अस्पतालकाे शबगृहमा राखिएको थियाे ।
दोषीलाई कडा कारबाहीको माग गर्दै परिवार र स्थानीयले निरन्तर दबाब सिर्जना गर्दै आएका थिए।
यस घटनाले देशभर आक्रोश फैलाएको थियो भने महिला सुरक्षा र न्याय प्रणालीमाथि गम्भीर प्रश्न समेत उठाएको छ। स्थानीयवासी तथा अधिकारकर्मीहरूले दोषीलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याई कडा सजाय दिनुपर्ने माग गरेका छन्।
हालै सरकारि वकिलकाे कार्यालय सुर्खेतले पक्राउ परेका चारै जनालाई अभियुक्त बनाएर जिल्ला अदालतमा दायर गरेकाे अभियाेग अनुसार सुर्खेत अदालतले चारै जनालाई पुर्पक्षका लागि सुधार गृहमा राख्ने आदेश दिएकाे छ ।
अदालतकाे आदेशपछि पिडित परिवारले शब बुझ्ने र दाह संस्कार गर्ने भएका हुन ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
म्याग्दीमा बाढीपहिरोबाट ५५० घरपरिवार प्रभावित