काठमाडौं । नुवाकोटको काकनी क्षेत्र यतिबेला स्ट्रबेरीले राताम्य देखिएको छ ।
हरियाली पहाडका गराहरूमा लटरम्म फलेका राता स्ट्रबेरीहरूले कृषकहरूको दैनिकी फेरिनुको साथै जिल्लाको पर्यटनमा समेत नयाँ आयाम थपेका छन् ।

पछिल्लो समय ककनीमा केवल स्ट्रबेरी किन्ने मात्र होइन, खेतमै गएर आफ्नै हातले ताजा फल टिप्ने चलन पनि ह्वात्तै बढेको छ ।
काठमाडौंबाट पुग्ने युवायुवतीदेखि परिवारहरू समेत खेतका गराहरूमा पुगेर ताजा स्ट्रबेरी टिप्ने र तस्बिर खिच्ने काममा रमाउने गरेका छन् ।

यो ‘यु–पिक’ अर्थात् आफैँ टिप्ने अवधारणाले यहाँको कृषि र पर्यटनलाई एकसाथ डोर्याइरहेको छ । बारीबाट भर्खरै टिपेर टोकरीमा भरिएका स्ट्रबेरीहरू उत्तिकै ताजा र आकर्षक देखिन्छन् ।
किसानले मेहनतका साथ उत्पादन गरेका स्ट्रबेरीहरूलाई तोलमेल गरेर प्याकेजिङ गरी ग्राहकको हातमा पु¥याउने प्रक्रियाले स्थानीय उत्पादनको बजारीकरणलाई सरल बनाएको छ ।
स्थानीय महिला तथा युवाहरूले घरायसी कामको साथसाथै स्ट्रबेरी खेतीलाई आम्दानीको राम्रो स्रोत बनाएका छन् ।

खेतमा काम गरिरहेका दृश्य र स्ट्रबेरीको बिक्रीबाट मिल्ने खुशीले यो खेती स्थानीय जीवनस्तर उकास्ने ठूलो माध्यम बनेको देखाउँछ । यहाँको हावापानी स्ट्रबेरीका लागि निकै अनुकूल मानिन्छ, जसले गर्दा यहाँ उत्पादित फल स्वादमा उत्कृष्ट हुन्छ ।
ककनी अब केबल चिसो र दृश्यका लागि मात्र होइन, ‘स्ट्रबेरीको स्वाद’ लिन आउनेहरूको रोजाइको गन्तव्य बन्दै छ ।
यदि तपाईं ताजा हावामा रमाउँदै आफ्नै हातले टिपेको स्ट्रबेरीको स्वाद लिन चाहनुहुन्छ भने, ककनीको यो पाखा तपाईंको लागि उत्तम गन्तव्य हुनसक्छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
म्याग्दीमा बाढीपहिरोबाट ५५० घरपरिवार प्रभावित