पेरिस (फ्रान्स) मा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
९ अगस्ट २०२६ मा आयोजित भव्य समारोहका बीच संस्थाको विधानबमोजिम सम्पन्न निर्वाचन प्रक्रियामार्फत भण्डारीको नेतृत्वमा सशक्त र जुझारु टिम चयन भएको हो ।
निवर्तमान सभापति सुधीर रानाको सभापतित्व एवं संस्थापक सभापति निर्मल अर्यालको दीप प्रज्वलनबाट सुरु भएको उद्घाटन सत्रमा राष्ट्रिय गानका साथै लोकतान्त्रिक आन्दोलनका ज्ञात-अज्ञात शहीद तथा संस्थापक संरक्षक स्व. किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो ।
केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि र केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको उक्त अधिवेशन निर्वाचन संयोजक सुवर्णविक्रम हमालको कुशल संयोजनमा पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र विधानसम्मत ढङ्गले सम्पन्न भएको थियो ।
अधिवेशनमा एनआरएनए फ्रान्सका पूर्वमहासचिव एवं जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, वरिष्ठ पत्रकार दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायतका अग्रणी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै संस्थापक नेतृत्वले प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउन जनसम्पर्क समितिको भूमिका अतुलनीय रहेको चर्चा गर्दै नयाँ टोलीलाई शुभकामना व्यक्त गर्नुभयो ।
दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नुभएका निवर्तमान सभापति सुधीर रानाले आफ्ना अनुभव साझा गर्दै नयाँ समितिलाई पूर्ण सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
नवनिर्वाचित सभापति शिवराम भण्डारीले संस्थाको गरिमालाई अझ उच्च बनाउँदै फ्रान्सस्थित नेपाली समुदायको हकहित, एकता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि आफ्नो टिम निष्ठापूर्वक क्रियाशील रहने प्रण गर्नुभयो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ, उपसभापतिद्वयमा विकास के.सी. र सुजन राज भट्ट तथा महामन्त्रीमा सुशिल भण्डारी चयन हुनुभएको छ ।
त्यसैगरी, सहमहामन्त्रीको जिम्मेवारी विवेक धमला र कोषाध्यक्षको दायित्व दिपेन्द्र दाहालले सम्हाल्नुभएको छ भने कार्यसमिति सदस्यहरूमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा निर्वाचित भएकोे महामन्त्री शुशिल भण्डारीले जानकारी गराउनु भयो ।
घटना र विचारबाट साभार








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता