बाँके । बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । अभियानअन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले जानकारी दिए ।
उनका अनुसार खोप अभियानको सुरुवात जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ । विशेषगरी, कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ । त्यसपछि समुदायस्तरका १० वर्षीया किशोरीलाई खोप लगाइने पौडेलको भनाइ छ ।
बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने सम्बन्धमा छलफल भएको छ । बाँकेमा आठ स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ । पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने गरिन्छ । एचपिभी भाइरसले पाठेघरको मुखको क्यान्सर गराउन सक्छन् ।
किशोरी अवस्थामा नै खोप लगाउँदा राम्रो सुरक्षा प्राप्त हुने बताइएको छ । क्यान्सरको रोकथामका लागि दिइने यो खोप एक पटक मात्रै लगाइन्छ । जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा आज बसेको बैठकले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
स्तन क्यान्सरविरुद्ध जनचेतनाका लागि ‘पिंकवाक २०२६’ सम्पन्न