स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ हुँदै

काठमाडौं । स्तन क्यान्सरको प्रारम्भिक पहिचान र समयमै उपचारबारे जनचेतना फैलाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।

इन्फिनिट केयर्स र क्यान्सर केयर नेपालको सहकार्यमा हुने पदयात्रा असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु हुनेछ। पदयात्रा ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न हुनेछ।

कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारण सहभागी हुने आयोजकले जनाएको छ। स्तन क्यान्सरको समयमै पहिचान, उपचार र प्रभावित व्यक्ति तथा परिवारलाई सामाजिक–भावनात्मक सहयोगको सन्देश प्रवाह गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

पिंकवाकको यो दोस्रो संस्करण हो। पहिलो संस्करणमा ६ सयभन्दा बढी सहभागी भएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ