कञ्चनपुर । खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित सीमा जोडिएका भारतीय क्षेत्रबाट लागुऔषध बढीमात्रामा ओसारपसार हुने गरेको छ ।
कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा सयौँ युवायुवतीलाई पक्राउ गरी धमाधम कारबाही गरिरहेको भए पनि दुर्व्यसन र ओसारपसारमा कमी भने देखिएको छैन । पछिल्लो समय लागुऔषध दुर्व्यसन गर्नेहरुको संख्या बढेसंगै आत्महत्याका घटना पनि बढेका छन् ।
लामो समयदेखि एनएनडिएसडब्लुओले प्रहरीसंग समन्वय गरेर लागुपदार्थ नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । सडक नाटक प्रदर्शन,अभिभावकहरुबीच अभिभुखिकरण,विद्यालय सचेतना कक्षा सञ्चालन गरिरहेका छन् । चुनौतीपूर्ण बन्दै गएको लागुऔषध दुर्व्यसन तथा आत्महत्याको समस्या न्यूनीकरण गर्ने उद्देश्यले कंचनपुरको कृष्णपुर नगरपालिकाका पाँच वटा वडामा हालै अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
वर्ल्ड भिजन नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुओ) को सहकार्यमा विगत एक वर्षदेखि कृष्णपुर नगरपालिकामा सञ्चालित इन्टिग्रेटेड प्रोजेक्ट फ्रेमवर्क (IPF) परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। कृष्णपुर–१, २, ४, ७ र ९ का वडा कार्यालयमा सञ्चालन गरिएको कार्यक्रममा २५ पुरुष र १४४ महिला गरी १६९ जनाको सहभागिता थियो।
इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज बिशमदेव भट्टले लागुऔषधको वर्तमान अवस्था, प्रयोगका कारण, त्यसबाट व्यक्ति, परिवार र समाजमा पर्ने असर तथा रोकथामका उपायबारे सहजीकरण गरेका थिए। उनले बालबालिकालाई लागुऔषधको जोखिमबाट जोगाउन अभिभावकले नियमित संवाद गर्ने र उनीहरूको व्यवहारमा आउने परिवर्तन समयमै पहिचान गर्नुपर्नेमा जोड दिए।
प्रहरी सहायक निरीक्षक शिवराज सापकोटाले आत्महत्याको जोखिममा रहेका व्यक्तिमा देखिन सक्ने संकेत पहिचान, उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने र आवश्यक परे मनोसामाजिक परामर्श लिनुपर्ने विषयमा जानकारी गराएका थिए।
मनोसामाजिक मनोविमर्श अधिकृत रुक्मणी कार्कीले मानसिक तनाव, पारिवारिक तथा सामाजिक समस्या, निराशा र एक्लोपनले मानसिक स्वास्थ्यमा पार्ने प्रभाव तथा समस्यामा रहेका व्यक्तिलाई समयमै सहयोग र परामर्श उपलब्ध गराउनुपर्ने विषयमा छलफल गरेकी थिइन्।
कार्यक्रममा वडा अध्यक्ष, स्थानीय अगुवा, अभिभावक, बाल क्लबका पदाधिकारी तथा समुदायका प्रतिनिधिहरू सहभागी थिए। अभिमुखीकरणले लागुऔषध दुर्व्यसन तथा आत्महत्या रोकथामका लागि परिवार, विद्यालय, स्थानीय नेतृत्व र समुदायबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको एनएनएसडब्लुओ जनाएको छ।
IPF परियोजना संयोजक रामेश्वर जैरुले युवापुस्तालाई दुर्व्यसनबाट रोक्न सचेतनामूलक कार्यक्रमसंगै घरमा अभिभावकदेखि विद्यालयमा शिक्षकसम्मको सहजीकरण आवश्यक रहेको बताए ।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
भोटेकोशी बाढी प्रभावित बालबालिका पढाउन शेष घलेले दिए ५७ करोड ८५ लाख