दाङ । एमाले महासचिव शंकर पोखरेलले नेपाललाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको विकास गर्नुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा मंगलबार सभाहल शिलान्यास गर्दै उनले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्राविधिक शिक्षामा आकर्षण बढिरहेको उल्लेख गर्दै उनले शिक्षालाई व्यवहारिक र स्वरोजगारमूलक बनाउन आवश्यक रहेको बताए । सीपमूलक तथा प्राविधिक शिक्षाको विकासमा सरकारी र निजी शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनले बताए । लुम्बिनी प्रदेश सरकारको ८० लाख लगानीमा सभाहल बन्न थालेको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिए ।
मेट्रो कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्न सकिने बृहत् सभाहलको निर्माण थालिएको बताए । कलेज सञ्चालक समितिका अध्यक्ष तथा तुलसीपुर नगर प्रमुख टीकाराम खड्काले स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा आवश्यक संरचना निर्माण गरिरहेको बताए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
म्याग्दीमा बाढीपहिरोबाट ५५० घरपरिवार प्रभावित