तनहुँ । तनहुँको व्यास नगरपालिका(३ स्थित बिपी वाटिकामा रु ९६ लाख ६३ हजार सात सय ४७ को लागतमा कभर्डहल निर्माण भएको छ। कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो।
कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले रु। ८७ लाख ८५ हजार दुई सय ३४ प्रदान गरेको थियो। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण भएको हो।
क्लबले जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ। कभर्डहलको मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन