कंचनपुर । कंचनपुरको कृष्णपुर नगरपालिकामा लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन भएको छ । लागूऔषधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पर्ने नकारात्मक असरका विषयमा सचेतना फैलाउनका लागि नगरपालिकाका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन गरिएको हो ।
वर्ल्ड भिजन नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुओ) को सहकार्यमा संचालित इन्टिग्रेटेड प्रोजेक्ट फ्रेमवर्क (IPF) परियोजनाको आर्थिक सहयोगमा नवरस रंगमञ्च धनगढीले सडक नाटक विद्यालय र समुदायलाई लक्षित गर्दै प्रदर्शन गरेको हो ।

नगरपालिकाका वडा नं.१ निंगाली टोल र वडा नं.२ बाणी बजारमा प्रदर्शन गरिएको सडक नाटकमा बालबालिका लागूऔषधको कुलतमा लाग्दा अभिभावका पर्ने मनोबैज्ञानिक असर, लागूऔषधको प्रयोगले युवापुस्तामा पर्ने सामाजिक असर सम्वन्धीका विषयवस्तु समेटिएको छ । नाटक अहिलेको समय सान्र्दभिक भएकाले निकै सन्देशमूलक भएको दर्शकहरुले प्रतिकृया दिएका छन् ।

नवरस रंगमञ्चका निर्देशक सुरेन्द्र संगम (डोट्याल बड्डो) को परिकल्पना तथा निर्देशनमा प्रदर्शन भएको सडक नाटकमा डोट्याल बड्डो,रमिता बिष्ट,खगेन बिसी,रेमन (डोटेली हिरो),युवराज जोशी,सुप्रिया गिरी,जनक बाजुरेली,कमल सिंह र निसा निरुको अभिनय रहेको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द