रसुवा । बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा बुधबार तीन जनाको शव भेटिएको छ।
नेपाली सेना, विदेशी प्राविधिकसहितको संयुक्त टोलीले स्याफ्रूबेसीमा हेलिकप्टरबाट पुर्याइएका एक्साभेटर र लोडर प्रयोग गरी चट्टान फोर्दै करिब १ हजार ५० मिटर बाटो बनाएर सुरुङ क्षेत्रसम्म पहुँच बनाएको थियो।
लेदो हटाउने क्रममा सुरुङभित्र करिब ७० मिटरको दूरीमा पानी बाहिर निस्किरहेको प्वाल भेटिएपछि उद्धार टोली त्यहीँबाट प्रवेश गरेको थियो। करिब १३० मिटर भित्रसम्म खोजी गर्दा पानीको सतह टनेलको माथिल्लो भागसम्म पुगेकाले एक्साभेटर प्रयोग गर्न कठिन भएको सेनाले जनाएको छ।
त्यसपछि गोताखोरसहितको टोलीले पानी निस्किएको प्वालबाट सुरुङको अन्तिम भागसम्म खोजी गर्दा तीन शव फेला पारेको हो। तीमध्ये दुई शव बाहिर निकालिएको छ भने अर्को शव निकाल्ने काम भइरहेको छ।
सेनाका अनुसार लेदो हटाउँदै सुरुङमा ‘ब्रेकथ्रु’ गरी खोज तथा उद्धार कार्य अघि बढाइएको थियो।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो