काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको विषयले त्यति ठूलो महत्त्व पाउनुपर्ने र पार्टी नेतृत्व तरंगित हुन नपर्ने बताएका छन् ।
अमेरिकाको टेक्ससमा शनिबार नेपाली पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले पार्टीको निर्णयले मात्र कसैलाई भेट्नुपर्छ भन्ने नरहेको उल्लेख गरे । ‘पार्टी अध्यक्षले पनि कस–कसलाई भेट्नुहुन्छ, पार्टीमा निर्णय गराएर कहिल्यै भेट्नुभएको छैन,’ उनले भने, ‘उहाँलाई मैले फलानोलाई भेट्नुभएछ भनेर सोध्न मिल्छ ?’
उपाध्यक्ष, महासचिवले पनि पार्टी निर्णयबिनै अरू दलका नेता–कार्यकर्तासँग भेटिरहेका श्रेष्ठको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीसँगको भेटमा वामपन्थी एकताका विषयमा छलफल भएरनभएको उनले केही खुलाएनन् । ‘अहिलेलाई वामपन्थी एकताको कुनै सम्भावना मैले देखेको छैन’ उनले भने ।
श्रेष्ठले भण्डारीसितको भेटमा आफूले प्रधानमन्त्रीभन्दा माथिल्लो पदमा पुगेका राष्ट्रपति, उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा आउन नहुने धारणा राखेको बताए । ‘विशेषतः सम्माननीयहरू सक्रिय राजनीतिमा फर्किनु हुँदैन,’ उनले भने, ‘तर, आउनैपर्ने अपवादको अवस्था छ भनेचाहिँ पुष्टि गरेर मात्र आउनुपर्छ ।’
उनले भने, ‘देशलाई मेरो आवश्यकता पर्यो, देशलाई यो समस्याबाट निकास दिन्छु भन्ने पुष्टि गर्न सक्नुहुन्छ भने मात्र औचित्य पुष्टि हुन्छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो