काठमाण्डौ । भरतपुरको सिमलतालबाट भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदीमा खसको छ । नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर–२९ सिमलतालमा मिनी ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नारायणगढबाट काठमाण्डौ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हो ।
दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरू दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
गत वर्ष असार २८ गते सिमलतालमै दुईवटा बस त्रिशूली नदीमा खस्दा बससहित ३९ यात्रु बेपत्ता थिए । दुई बसमा ६२ जना यात्रु रहेकामा तीन जना पौडिएर बाँचेका थिए भने २० जनाको शव भेटिएको थियो । अरुको भने हालसम्म पनि अत्तोपत्तो छैन ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन