काठमाडौं । यस वर्षको भ्यालेन्टाइन वीक (प्रणय दिवसको सप्ताह) मा नेपालभर करिब साढे ४ लाख गुलाफको फूलको खपत हुने अनुमान गरेको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार प्रणय दिवसको एक सातामा मात्रै काठमाडौं उपत्यका र बाहिर गरेर करिब ४ लाख ५० हजार भन्दा धेरै गुलाफको फूल किनबेच हुँदा ५ करोड ६२ लाख रुपैयाँको कारोबार हुने अनुमान रहेको छ ।
प्रेम दिवस फ्रेबु्रअरी ७ तारिखदेखि फ्रेब्रुअरी १४ तारिखसम्म मनाउने गरिनेछ । एक साताको अवधिमा रातो रंगको स्टिम गुलाफ फूलको अत्यधिक माग हुने गर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) अध्यक्ष राजेशभक्त श्रेष्ठले नेपालमा प्रेम दिवसको सातामा मात्रै ४ लाख ५० हजार गुलाफको फूल खपत हुने बताउँछन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन