धनगढी, ८ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आले आज फागुन–८ गते धनगढी उपमहानगरपालिका–१५ कनेरीस्थित शिद्धबाबा टोलमा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका छन्।
घरदैलो भेटघाटका क्रममा उनले स्थानीय बासिन्दाले भोग्दै आएका शिक्षा, स्वास्थ्य, सडक, ढल निकास तथा कृषकलाई आवश्यक मल अभावलगायत समस्याबारे प्रत्यक्ष रुपमा जानकारी लिएका थिए।
स्थानीयले आधारभूत सेवामा सुधार, व्यवस्थित सडक सञ्जाल, प्रभावकारी ढल व्यवस्थापन र समयमा मल उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग राखेका थिए।
उम्मेदवार आलेले जनताका गुनासा र सुझावलाई आफ्नो प्राथमिकतामा राख्दै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले चुनाव जितेपछि कनेरी क्षेत्रको विकासलाई योजनाबद्ध ढंगले अगाडि बढाउने विश्वास दिलाएका थिए।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन