काठमाडौं । अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै ६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन