झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनप्रति आशङ्का पैदा भएको बताएका छन् । चुनावी अभियानमा निर्वाचन क्षेत्र झापा आएका अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
सरकारले त्यो आशङ्कालाई निवारण गर्नुपर्ने भन्दै ओलीले अब निर्वाचनलाई कुनै पनि बहानामा रोक्न नहुने धारणा ओलीको छ । उनले मानिसहरू निर्वाचनमा धाँधलीको आशङ्का गम्भीर रूपमा गरिरहेको बताए । त्यस प्रकारको आशङ्काको समेत सरकारले निवारण गर्नुपर्ने उनको भनाई थियो ।
शान्तिप्रति मानिसहरू ढुक्क नभएको बताउँदै अध्यक्ष ओलीले शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई सुझाव दिएका छन् । ‘निर्वाचनमा सहभागी भइसके पनि मेरो दलको तर्फबाट निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि एमाले सहयोग गर्न तयार छ’, ओलीले एमाले निर्वाचनको वातावरण विगार्ने, बिथोल्ने काममा सहभागी नहुने पनि स्पष्ट पारेका छन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन