काठमाडौं । केही दिनयता सुनको भाउ निरन्तर उकालो लागेको छ । ६ दिनमै प्रतितोला १४ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ ।
गत बुधबार प्रतितोला ३ लाख ४ सय रुपैयाँ रहेको सुनको भाउ आज मंगलबार ३ लाख १४ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुन १ हजार ३ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
माघ १५ गते हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुन त्यसयता केही घटेको थियो । पछिल्ला ६ दिनदेखि सुनको भाउ उकालो लागेको हो ।
चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५९५ रुपैयाँ रहेको चाँदी यस दिन ५ हजार ५८५ रुपैयाँमा कायम भएको छ । ६ दिनमा चाँदी प्रतितोला ७०५ रुपैयाँले बढेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन