कैलाली, २३ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. १ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।
हालसम्म २,९६० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कोमल ज्ञवाली अग्रस्थानमा रहेका छन्।
प्राप्त विवरण अनुसार ज्ञवालीले ८६२ मत प्राप्त गरेका छन्। यस्तै, जनकराज चौधरीले ७१७ मतसहित दोस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार फागुराम थारुले ६४६ मत प्राप्त गरेका छन्।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारुले २०७ मत पाएका छन् भने नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौपानेले १८९ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिपकुमार चौधरीले १२२ मत पाएका छन्।
मतगणना जारी रहेको र आगामी परिणामसँगै मतान्तरमा थप उतार–चढाव हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन