काठमाडौं : ३ महिनाको शिशु देखि ७४ वर्षको वृद्ध महिला सम्मको बलात्कार भएको समाचार आउँछ, समाचारले धेरैको छाती पोल्छ, घटना नसेलाउन्जेल हामी आक्रोशित हुन्छौँ तर बलात्कारी जन्माईरहने कारखाना पितृसत्ताको विरुद्धमा भने हामी बोल्दैनौ !
संगठित संघर्ष संग त हामीलाई एलर्जी नै हुन्छ । अनि नेपालमा १ दिनमा औसत ६ जना माथि बलात्कार हुन्छ भन्ने, हिसाब गर्ने, टाउको समाउने बस्ने । पितृसत्ताको आयु अझै लामो बनाउन सहयोग गर्ने । यो शृंखला कहिले सम्म दोहोर्याईरहने हो?
८ हजार वर्षदेखी जरा गाडेको पितृसत्ताले सजिलै आफ्नो जरा छोड्दैन । घरको चुलो देखी राज्यसत्ता सम्म पितृसत्तामा आधारित संरचना छ । यसलाई जोगाउन महिला र पुरुष दुबैको भुमिका उस्तै छ । बिहान उठेदेखी राती नसुत्दा सम्म हामीले बोल्ने र हामीले गर्ने अधिकांश गतिविधी पित्तृसत्तात्मक मुल्य मान्यतामा आधारित हुन्छन्, तर फेरी हामीलाई बलात्कार रहित समाज चाहिएको छ ।
आफुलाई चाहिएको जस्तो समाज अरू आएर बनाइदिदैन, बनाउन प्रयत्न गर्ने आफैले हो । त्यसको निम्ति ठिक बैचारिकी को जगमा उभिएर संगठित रूपमा निरन्तर संघर्ष गर्ने संकल्प सहितको नविन यात्रा गर्नु अनिवार्य छ । छलफल यतातिर पनि गरौँ ।
लेखक : बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको नेता हुन ।









चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
अब यस्तो विपद् कहिल्यै नआओस् !
सरकारी ढोका र रित्तो थाल !