ललितपुर । पाथिभरा बेतबास उद्योगले ललितपुरको हरिसिद्धिमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ।

उक्त शाखाको उद्घाटन शनिबार एक कार्यक्रमबीच सम्पन्न गरिएको हो।

२०७२ सालदेखि काठमाडौंको कागेश्वरी मनेहरा नगरपालिका–५, आलुबारीमा सञ्चालन हुँदै आएको यस उद्योगमा हाल २५ जना महिला, पुरुष तथा अपांगता भएका व्यक्तिहरू कार्यरत छन्।

उद्योगले रोजगारी सिर्जना गर्दै सामाजिक समावेशितामा पनि योगदान पुर्याउँदै आएको छ।

करिब ३० लाख रुपैयाँ लागतमा सञ्चालनमा रहेको उद्योगमा बेतबासबाट बनेका विभिन्न सामग्रीहरू उत्पादन हुँदै आएका छन्।

उद्योगका सञ्चालक बिसुका भट्टराई ठटालका अनुसार प्लास्टिकजन्य स्वास्थ्यका लागि हानिकारक सामग्रीलाई विस्थापित गर्दै स्वदेशी उत्पादनको प्रयोग बढाउने र वातावरणमैत्री जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो।

ग्राहकलाई सहज पहुँच प्रदान गर्ने लक्ष्यका साथ हरिसिद्धिमा नयाँ शाखा विस्तार गरिएको सञ्चालक ठटालले जानकारी दिनुभयो।









चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन