काठमाडौं । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ।
सोलुदुधकुण्ड नगरपालिका-७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका घिमिरे आज बिहान करिब ४ बजेतिर अचानक बिरामी परेका थिए ।
टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने तथा पेट दुख्ने लक्षण देखिएपछि उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको हो।
ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
विजय घिमिरे यसअघि दलित समुदायबाट सगरमाथा शिखर चुम्ने पहिलो आरोही हुन् ।
उनी पछिल्लो समय आरोही ‘गाइड’को रूपमा कार्यरत थिए।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन