धनगढी । बाजुरामा प्रहरी चौकी निर्माणको विवाद चुलिएको छ । हिमाली गाउँपालिका–३ लाम्पाटास्थित च्याचौरमा हुम्लाका नागरिकले प्रहरी चौकी निर्माणमा अवरोध गरेका हुन् । सोही विवादले पर्यटकीय क्षेत्र रानीसैन गइरहेको टोलीमाथि आक्रमण पनि भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल र हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ अभियानमा गएको धनगढी उपमहानगरपालिकाको ४० जनाको भ्रमण टोलीसंग पनि विवाद भएको हो ।
`रानीसैन गइरहेको धनगढीको भ्रमण टोलीले ड्रोनबाट भिडियो खिच्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका- २ थाली गाउँका झन्डै तीन सय जना स्थानीयहरु आक्रोसित भएर हातपातमा उत्रिदा पाँच जना घाइते भएका छन्,´ उनले भने । उनका अनुसार हिमाली- ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिनु कुँवर, प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा घाइते भएका छन् ।
बिज्ञापन
`बाजुराको क्षेत्र भए पनि भोगचलन आफूहरुले गर्दै आएको दाबी हुम्लाको नागरिकले गरिरहेका छन्,´ उनले भने, `जडीबुटी संकलन र चरिचरनमा समस्या हुन्छ भनेर चौकी निर्माणमा अवरोध गरिएको छ ।´








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन