कपडा च्यातिए सिलाएर पुनः प्रयोग गर्न सकिन्छ; त्यो जीवनको सामान्य यथार्थ हो। तर जब विचार, नियत र नैतिकताको वस्त्र नै च्यातिएर छताछुल्ल हुन्छ, त्यसलाई रफ्फु गर्ने प्रयासले समस्या समाधान गर्दैन, बरु विकृतिलाई दीर्घायु बनाउँछ।
गल्ती स्वीकार गर्नु आत्मबलको परिचायक हो, तर गलत नियत वा कमजोरीलाई ढाकछोप गर्न खोज्नु नैतिक दिवालियापनको संकेत हो। अझ त्यसको बचाउमा उत्रिने व्यक्तिले केवल दोषलाई वैधता दिने काम मात्र गर्दैन, आफ्नो विश्वसनीयता र सामाजिक सम्मानसमेत दाउमा लगाउँछ।
समाजले भौतिक अभाव, कमजोरी वा असफलतालाई क्षमा गर्न सक्छ; तर चरित्र, नियत र नैतिकतामा परेको प्वाललाई सहजै क्षमा गर्दैन। किनकि कपडाको च्यातिएको भाग सिउन सकिन्छ, तर विश्वास च्यातिएपछि त्यसलाई पुरानै अवस्थामा फर्काउन अत्यन्त कठिन हुन्छ।
रफ्फु कपडामा प्रयोग गर्ने विधि हो । इज्जत ढाक्न प्रयोग गर्ने अस्त्र होइन ।









चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
अब यस्तो विपद् कहिल्यै नआओस् !
सरकारी ढोका र रित्तो थाल !