धनगढी। कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन्। जानकी गाउँपालिका–५ को नवलपुर र घोडाघोडी नगरपालिका–१ को लक्ष्मीपुरमा सोमवार दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा डडेल्धुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत फेला परेको जानकारी दिए। उनकाअनुसार कामीको शव दिउँसो ४ बजेतिर भेटिएको हो। उनी मृत भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको हो।
यस्तै, जानकी गाउँपालिका–१ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया मृत भेटिएको डीएसपी बोहराले बताए। उनी दिउँसो ३ बजे आफ्नै घरको खटियामा मृत भेटिएका हुन्। प्रहरीले कठरीयाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ। दुवै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन