काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्ने भएका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी मंगलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री साहसँग १४ सदस्यीय टोली पनि अमेरिका जानेछ।
महासभाअन्तर्गत असोज ८ गते प्रधानमन्त्री साहले सम्बोधन गर्ने कार्यतालिका छ। सम्बोधनका क्रममा उनले नेपालले भोगिरहेको बढ्दो जलवायु संकट र त्यसबाट परेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।
विशेषगरी जलवायु न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषयलाई उनले प्राथमिकताका साथ उठाउने तयारी गरेको बताइएको छ।
यसअघि महासभामा सहभागिताका लागि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली आइतबार नै न्युयोर्क पुगिसकेको छ।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
धनगढीमा किशोरी आधारभूत परियोजनाको सिकाइ समिक्षा
बाढी प्रभावित क्षेत्रमा वाइसीएलले थाले अस्थायी घर निर्माण
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले