आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्ने आधार र कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको हो।

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि आगामी १४ गते उपस्थित हुन पनि सर्वोच्चले आदेश दिएको छ।

नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामा आनीको नियुक्ति विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले रिट दायर गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ