काठमाडौं-अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्न्यासी’ बनेकी छन्।
ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी हुन्।
अभिनेत्रीसमेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले यसबारे जानकारी दिएका हुन्।
सिम्खडाले नवसन्यास लिएको खुसी व्यक्त गर्दै शिल्पालाई सामाजिक सञ्जालमार्फत शुभकामना समेत दिएकी छन्।
उनले लेखेकी छन्, ‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना।’
ओशो सन्न्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ। ‘लज्जा’बाट डेब्यु गरेकी शिल्पाले हवलदार सुन्तली, फागु, किस्मत २, मंगलमलगायतका चर्चित फिल्म खेलिसकेकी छन्।
फिल्म निर्माता छविराज ओझासँग बिहे गरेकी उनले सम्बन्धविच्छेद गरेकी थिइन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन