कञ्चनपुर-कञ्चनपुरमा जंगली हात्ती मरेको अवस्थामा फेला परेको छ।
बुधबार बिहान जिल्लाको लालझाडी गाउँपालिका-४ मा खेतमा हात्ती मरेको अवस्थामा भेटिएको हो।
डिभिजन वन कार्यालय, कञ्चनपुरका डिभिजन वन अधिकृत रामविचारी ठाकुरका अनुसार खेतमा लडेको अवस्थामा मृत फेला परेको हात्ती भाले वयस्क हो। हात्ती मर्नुको कारण खुलेको छैन। हात्तीमा घाउचोट पनि छैन।
स्थानीयले खबर गरेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालयको प्राविधिक टोली घटनास्थल गएको छ।
लालझाडीको यो क्षेत्रमा केही महिनायता जंगली हात्तीको बथानले आतंक मच्चाएको थियो।
स्थानीयले लगाएको बालीनाली नष्ट गर्नाका साथै घरमा पनि क्षति गरेपछि यस क्षेत्रका बासिन्दा त्रासमा छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन