बैतडी। बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका(३ का ३८ वर्षीय गणेश सिंह भाट सोमबार बिहान १०ः३० बजेको समयमा बाख्रा चराउन गएका बेला कोला खोला जंगलमा भाटमाथि बाघले आक्रमण गरेको हो।
घाइते भाटलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि पाटन पठाइएको मेलौली नगरपालिका वडा नम्बर( ३ का वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिएका छन्। बाघको आक्रमणपछि स्थानीय त्रसित भएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन