रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित गौर सेन्टर अस्पतालमा बिरामीको मृत्यु भएपछि पीडित परिवारले चिकित्सकलाई कारबाहीसहित घटना छानबिनको माग गरेको छ ।
पेट दुखेपछि गौर(३ का १८ वर्षीय लालु अधिकारी शनिबार प्रादेशिक अस्पताल गौरमा भर्ना भएका थिए । केही परीक्षण गरेर अस्पतालका मेडिकल अधिकृत डा। घनश्याम ठाकुरले बिरामीको आन्द्रा फुटेको बताएका थिए । काका देवेन्द्रका अनुसार ठाकुरले अस्पतालमा उपचारका लागि आवश्यक सुविधा नभएको भन्दै अर्का डाक्टर पंकज साहसँग सम्पर्क गर्न भने । त्यसपछि डाक्टर साहले गौर सेन्टर हस्पिटलमा लैजान भनेको पीडितले बताएका छन् ।
सरकारीबाट निजीमा लगेर शल्यक्रिया गरेपछि बिरामीको अवस्था नाजुक भएको देवेन्द्रको भनाइ छ । त्यसपछि राति नै नेसनल मेडिकल कलेज वीरगन्ज लग्यौं, उनले भने, गौर प्रादेशिक अस्पतालबाट किन निजीमा रेफर गरियो लापरबाहीमा संलग्न चिकित्सकलाई कारबाही हुनुपर्छ ।’
प्रादेशिक अस्पताल गौरका मेडिकल सुरिटेन्डेन्ट डा. मुरारी ठाकुरले अस्पतालका चिकित्सक पंकज साहसहित केहीसित स्पष्टीकरण सोधिएको बताए । ‘हामीकहाँ बिरामी लठ्याउने मेसिन भए पनि एमडी गरेको चिकित्सकको अभावले जटिल शल्यक्रियाका बिरामीलाई वीरगन्ज रेफर गर्न बाध्य हुँदै आएका छौं, उनले भने, ‘हामीले अस्पतालका चिकित्सकसित २४ घण्टे लिखित जवाफ मागेका छौं ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन