सुर्खेत । डोल्पाको माझफालमा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्तामाथि भएको सैन्य कारबाहीको २५ वर्ष पूरा भएको छ।
२०५८ भदौ ७ गते बिहान साविक माझफाल गाविस–५, हाल ठूलीभेरी नगरपालिका–५ मा भएको घटनामा ८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको तत्कालीन घाइते उर्मिला विश्वकर्माले स्मरण गरेकी छन्।
विश्वकर्माका अनुसार बिहान करिब ५ बजे दुनै–सोलिगाडबाट आएको तत्कालीन शाही नेपाली सेनाले माओवादी कार्यकर्तालाई घेराबन्दी गरी गोली चलाएको थियो। घटनामा नारायण शर्मा, यामकुमारी खड्का ‘शिशिर’, रमा पुनमगर, सुनिल राना, राजु बोहोरा ‘नमुना’ लगायत ८ जनाको मृत्यु भएको थियो।
घटनामा विश्वकर्मासहित हरिबहादुर ध्यार ‘नगेन्द्र’, शंकर विश्वकर्मा ‘राकेश’ र चन्द्रबहादुर रोकाय ‘निर्दोष’ गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै भागेर ज्यान जोगाएको विश्वकर्माले बताएकी छन्।
माझफाल घटनाको स्मरण गर्दै उनले परिवर्तन, सामाजिक न्याय, समानता र मुक्तिको सपना बोकेर आफूहरू जनयुद्धमा होमिएको बताएकी छन्। “हामीले रगत, पसिना र अमूल्य जीवन उत्सर्ग गरेर गणतन्त्र ल्याएका हौं,” उनले भनेकी छन्।
यसैबीच, विश्वकर्मालाई कर्णाली प्रदेशबाट मन्त्री बनाउनुपर्ने मागसमेत उठेको छ। जनयुद्धका क्रममा घाइते भएकी तथा लामो समयदेखि राजनीतिक संघर्षमा सक्रिय विश्वकर्मालाई मन्त्री बनाउँदा सामाजिक न्याय, समावेशिता र राजनीतिक प्रतिनिधित्वको सकारात्मक सन्देश जाने दाबी गरिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
ज्येष्ठ नागरिकको अनुभव अभिलेख गर्न ‘अनुभव बैंक’ बनाउँदै सरकार
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको खोजी, सात दिनभित्र विवरण बुझाउन निर्देशन
‘दैवी प्रकोप उद्धार कोष’को नाम फेरेर ‘प्रधानमन्त्री विपद् कोष’ राखौँ : जगदिश खरेल