काठमाडौं । नेपालमा बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला प्रविधि कम्पनी गुगलले नागरिकलाई समयमै सूचना उपलब्ध गराउने उद्देश्यले विशेष आपतकालीन सूचना सेवा सुरु गरेको छ।
गुगलको मुख्य वेबसाइटमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ शीर्षकमा विशेष लिंक राखिएको छ। उक्त लिंकमार्फत नेपालमा देखिएको बाढीको अवस्था, सम्भावित जोखिम, प्रभावित क्षेत्र तथा पछिल्ला अपडेटसम्बन्धी जानकारी उपलब्ध गराइएको छ।
यसमा गुगलको बाढी सचेतना प्रणालीसँगै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार तथा बाढी प्रभावित क्षेत्र देखाउने नक्सासमेत समावेश गरिएको छ। यसले सर्वसाधारणलाई प्रभावित र जोखिमयुक्त क्षेत्रको अवस्थाबारे सहज रूपमा जानकारी लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गुगलको यो सेवा विशेषगरी सरकारी निकायले जारी गर्ने बाढीसम्बन्धी पूर्वसूचना र चेतावनीलाई व्यापक नागरिकसम्म छिटो पुर्याउने उद्देश्यमा केन्द्रित छ। जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखालगायत आधिकारिक निकायबाट प्राप्त सूचनालाई गुगल सर्च तथा गुगल म्याप्समार्फत उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ।
समयमै जोखिमको जानकारी पाएपछि बाढीको सम्भावित चपेटामा रहेका नागरिकलाई सतर्क हुन, आवश्यक तयारी गर्न तथा सुरक्षित स्थानतर्फ जान सहज हुने विश्वास गरिएको छ। प्राकृतिक विपद्का बेला सूचना प्रविधिको प्रयोगमार्फत जनधनको क्षति न्यूनीकरण गर्न यस्तो सेवा प्रभावकारी बन्न सक्ने अपेक्षा गरिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने