चीनको अन्तरिक्ष स्टेसनमा पाकिस्तानी अन्तरिक्षयात्री

काठमाडौँ । चीनको मानवसहितको अन्तरिक्ष अभियानमा पहिलोपटक विदेशी अन्तरिक्षयात्री सहभागी हुने भएका छन्। पाकिस्तानका अन्तरिक्षयात्री मुहम्मद जीशान अली चीनको अन्तरिक्ष स्टेसन ‘तियानगोंग’ पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्री बन्ने भएका हुन्।

उनी चीनको ‘शेन्झाउ–२४’ अन्तरिक्ष अभियानमार्फत नोभेम्बर २५, २०२६ मा अन्तरिक्षमा प्रस्थान गर्ने तयारीमा छन्।

अभियानमा चिनियाँ अन्तरिक्षयात्री ताङ होङ्बो र उ यी पनि सहभागी हुनेछन्। अलीको सहभागितासँगै चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रमको टोलीमा पहिलोपटक विदेशी सदस्य समावेश हुनेछन्।

यसअघि चीनले आफ्नो अन्तरिक्ष कार्यक्रममा विदेशी अन्तरिक्षयात्रीलाई सहभागी गराएको थिएन। अलीको सहभागितालाई चीनको मानवसहितको अन्तरिक्ष अभियानमा अन्तर्राष्ट्रिय सहकार्यतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ