काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीपछि नेपाल प्रहरीका २५ जना कर्मचारी अझै सम्पर्कमा आउन नसकेको प्रहरीले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई निरन्तरता दिँदै नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। प्रहरीका अनुसार प्रभावित जिल्लामा मात्रै ७ हजार २९३ जना प्रहरी विभिन्न जिम्मेवारीमा खटिएका छन्।
उद्धार तथा राहत कार्यसँगै प्रभावित नागरिकको सुरक्षा र आवश्यक व्यवस्थापनमा समेत प्रहरी टोली सक्रिय रहेको जनाइएको छ।
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ७३५ वटा शव फेला परेका छन्। तीमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा ८२ वटा शव फेला परेका छन्।
बाढीमा परेर घाइते भएका २ हजार ७१५ जनाको पनि उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवाका ६९२, नुवाकोटका २ हजार २० र धादिङका तीन जना छन्। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका तथा उपचारपछि घर फर्किएका घाइतेको संख्या १६० रहेको प्रहरीको तथ्यांक छ।
यसैबीच, बाढीपछि बेपत्ता भएका तथा सम्पर्कविहीन व्यक्तिको खोजी कार्यलाई प्रहरीले थप तीव्र बनाएको छ। प्रभावित क्षेत्रमा खटिएका सुरक्षा टोलीले उद्धारसँगै बेपत्ताको खोजी, राहत व्यवस्थापन र पीडितको सुरक्षामा समेत काम गरिरहेका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो