डोटी । भोटेकोशी बाढी प्रभावितका लागि डोटीका छ वटा स्थानीय तहले ११ लाख १२ हजार दुई सय २२ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरिएको हो ।
दीपायल सिलगढी नगरपालिकाले राहात तथा उद्धारका लागि चार लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यस्तै, नगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीले एक महिनाको सेवासुविधाको १० प्रतिशत रकम प्रधानमन्त्री प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
यस्तै, शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकाले दुई–दुई लाख रुपैयाँ, सायल गाउँपालिकाले एक लाख ११ हजार १११ रुपैयाँ, आदर्श गाउँपालिकाले एक लाख एक हजार १११ र पूर्वीचौकी गाउँपालिकाले एक लाख रुपैयाँ दिने निर्णय गरेका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो