काठमाडौं । आज मंगलबार देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानसहित अन्य प्रदेशका तराई भूभागमा समेत वर्षाको सम्भावना छ।
पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
राति पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भूभागमा वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले नेपालमा वर्षाको गतिविधि बढेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा पनि दिउँसोपछि मध्यम वर्षा हुनसक्ने मौसमविद्हरूले बताएका छन्।
महाशाखाले वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो